फेयर हाउजिङ परीक्षण (टेस्टिङ) भनेको के हो ?

फेयर हाउजिङ परीक्षण भनेको हाउजिङ (आवास) बजारमा मानिसहरूलाई कसरी व्यवहार गरिन्छ भनेर निर्धारण गर्ने निष्पक्ष उपाय हो । अनुसन्धानात्मक विधिको रूपमा परीक्षणलाई सर्वोच्च अदालतद्वारा सन् 1982 मा Havens Realty Corp. v. Coleman को मुद्दामा मान्य ठहर गरेको थियो । डिपार्टमेन्ट अफ हाउजिङ एण्ड अर्बन डेभलपमेन्ट (आवास तथा शहरी विकास विभाग) द्वारा स्वीकृत परीक्षणका विधिहरू अपनाएर FHP ले हाउजिङ भेदभावका छानबिनहरू गर्छ । यसका अतिरिक्त, डिपार्टमेन्ट अफ जस्टिस (न्याय विभाग) ले फेयर हाउजिङ परीक्षण गर्छ जसमा सन् 2013 मा पेन्सलभेनियाको बाल्डविनमा जातीय भेदभावको छानबिन गर्दा $15,000.00 को देवानी जरिवानाको निर्णय सुनाइएको सहमति आदेश रहेको थियो ।

परीक्षकहरू प्रतिफल प्राप्त गर्ने स्वयंसेवकअरू हुन् जसलाई FHP द्वारा उपलब्ध हाउजिङ वा हाउजिङसम्बन्धी सेवामा सोधपुछ गर्न प्रशिक्षित गरिएको हुन्छ र त्यसपछि उनीहरूले के भएको थियो भनेर वस्तुनिष्ठ रिपोर्ट लेख्छन् । संरक्षित वर्गको परीक्षण गर्दामा बाहेक परीक्षकहरूलाई हरेक पक्षहरूमा मेल मिलाइन्छ । त्यसपछि परीक्षकहरूले आफ्नो भेट वा भ्रमणमा के भएको थियो भनेर वस्तुनिष्ठ रिपोर्ट तयार गर्छन् । परीक्षणले हामीलाई जानकारी र सेवाहरूको गुणस्तर, विषयवस्तु तथा परिणाममा भएका भिन्नताहरूलाई मापन गर्न र तिनीहरूका बारेमा लिखित प्रमाण राख्न मौका दिन्छ ।

परीक्षणले कसरी मद्दत गर्छ ?
FHP लाई हाउजिङ भेदभावसम्बन्धी उजुरीहरूलाई छानबिन गर्न र गैरकानुनी आवास अभ्यासहरूलाई प्रकाशमा ल्याउनमा मद्दत गर्न फेयर हाउजिङ परीक्षकहरू आवश्यक पर्छ । FHP ले पश्चिमी पेन्सलभेनियामा परीक्षणसम्बन्धी छानबिनहरू गर्छ ।

“मैले वास्तवमै FHP का लागि परीक्षक बन्ने अवसरको मजा लिएँ । संग्लन हुँदा यसले मलाई हाम्रो निकटतम समुदाय हाउजिङ भेदभावबाट कसरी प्रभावित हुन्छ र परीक्षक बन्नु भनेको संलग्न हुने महत्त्वपूर्ण तथा पहुँचयोग्य तरिका हो भन्ने बारेमा सिक्नका लागि महत्वपूर्ण अवसर दियो । आफ्नै समुदायहरूमा कहाँबाट सुरु गर्ने भनेर प्रश्न गर्ने हामीहरू जस्ताका लागि यो संग्लन हुने एकदमै राम्रो तरिका हो ।”

-K., FHP परीक्षक

को परीक्षक बन्न सक्छ ?
FHP ले 18 वर्षभन्दा माथिका विभिन्न जाति, लिङ्ग, वर्ग, वर्ण इत्यादिका मानिसहरू खोज्ने गर्छ जो निष्पक्ष पर्यवेक्षक, सूक्ष्म रिपोर्टर तथा सच्चा साक्षीहरू हुनेछन् ।

तपाईं कसरी परीक्षक बन्नुहुन्छ ?
परीक्षकहरूले परीक्षक तालिम कोर्स पूरा गरेपछि अभ्यास परीक्षा दिन आवश्यक हुन्छ । परीक्षकहरूले अभ्यास परीक्षा लगायत परीक्षाको समाप्तिपछि थोरै भत्ता प्राप्त गर्छन् । भत्ताको रकम परीक्षण गरिएको प्रकारमा निर्भर हुन्छ । फेयर हाउजिङ परीक्षणलाई अगाडि बढाउनका लागि FHP मा मारिया ड्राइडिगर (Maria Driediger) लाई maria@fhp.org मार्फत सम्पर्क गर्नुहोस् वा यस पेजमा रहेको अनलाइन फाराम भर्नुहोस् ।

परीक्षक बन्नका लागि आवेदन दिनुहोस् !

Become a Tester
इमेल ठेगाना पुष्टि गर्नुहोस्