FHP ले हाउजिङ भेदभावलाई सम्बोधन गर्नमा शिक्षा केन्द्रमा रहन्छ भनेर विश्वास गर्छ । परिणामस्वरूप, पश्चिमी पेन्सलभेनियाभरि फेयर हाउजिङ अधिकार तथा जिम्मेवारीहरूका बारेमा जनचेतना बढाउनका लागि FHP ले व्यापक शिक्षा तथा बाह्य पहुँच कार्यक्रम निर्माण गरेको थियो ।

शिक्षा तथा बाह्य पहुँचका साथसाथै तालिमहरूलाई सेवाग्राहीहरूका आवश्यकताहरू अनुरूप तयार गरिएका छन् । जोड दिइने शिर्षकहरूमा पारिवारिक स्थितिसँग सम्बन्धित रहेकोले आवासमा बसोबास, अपाङ्गता भएका मानिसहरूका लागि मनासिब व्यवस्था तथा परिमार्जनहरू, डिजाइन तथा निर्माण, जोनिङ (क्षेत्रीकरण), असमान प्रभाव र सकारात्मक तरिकाले फेयर हाउजिङलाई अगाडि बढाउने लगायतका शिर्षकहरू पर्दछन् तर तिनीहरूमा मात्र सीमित हुँदैनन् ।

सामुदायिक शिक्षा

FHP ले प्रस्तुति, कार्यशाला, टेबलिङ र अन्य कार्यक्रमहरूबाट सामुदायिक शिक्षा उपलब्ध गराउँछ । शिक्षा तथा बाह्य पहुँच क्रियाकलापहरूलाई समुदायका सदस्यहरूलाई उनीहरूको फेयर हाउजिङ अधिकारहरूका बारेमा शिक्षित गर्ने साथसाथै उनीहरूको प्रश्न तथा चिन्ताका कुराहरूलाई सम्बोधन गर्नेगरी तयार गरिएका हुन्छन् । उदाहरणका लागि, प्रस्तावित कार्यशालामा पेन्सलभेनिया क्षेत्रको ग्रेटर पिट्सबर्गमा फेयर हाउजिङ कानुनहरूको संक्षिप्त विवरण हुन्छन् र त्यसपछि नश्ल वा जातिको आधारमा अलग्याउने कार्यको बारेमा छलफल हुने गर्छ ।

शिक्षा तथा बाह्य पहुँच कार्यक्रमहरू समुदायलाई नि:शुल्क प्रदान गरिन्छ । शिक्षा तथा बाह्य पहुँच कार्यक्रमका बारेमा जान्नका लागि FHP मा रे (Ray) लाई ray@fhp.org मार्फत सम्पर्क गर्नुहोस् ।

हाउजिङ प्रदायक तथा सरकारी अधिकारीहरूलाई तालिम दिने

FHP ले हाउजिङ प्रदायक तथा सरकारी अधिकारीहरूका आवश्यकताहरू अनुरूप नियमित रूपमा निर्धारित गरिने सार्वजनिक तालिम तथा निजी तालिमहरूको मिश्रण उपलब्ध गराउँछ । FHP को तालिमले फेयर हाउजिङ एक्ट (उचित आवास ऐन), नागरिक अधिकारहरू सम्बन्धी अन्य कानुनहरूका साथसाथै राज्य वा स्थानीय तहका फेयर हाउजिङ कानुनहरूको संक्षिप्त विवरण उपलब्ध गराउँछ । तालिमले सबै पक्षहरूका लागि क्षेत्राधिकार तथा स्थितिलाई सम्बोधन गर्छ । तालिमले अपाङ्गता भएका मानिसहरूका लागि मनासिब व्यवस्था तथा परिमार्जनहरूको अनुरोधहरूलाई समेट्छ । त्यसका अतिरिक्त, तालिमले सकारात्मक तरिकाले फेयर हाउजिङलाई अगाडि बढाउने दायित्वहरूलाई समावेश गर्छ । यी तालिमहरू प्राप्त गर्नेहरूमा घरधनी, रियल इस्टेट एजेन्ट, व्यवस्थापन कर्मचारी, घरमालिकहरूको सङ्घसंस्था, सरकारी कर्मचारी, जोनिङ बोर्ड र अरू धेरैहरू हुन्छन् ।

कृपया याद राख्नुहोस् कि हाउजिङ एजेन्सी र हाउजिङमा संलग्न अन्य पेशाकर्मीहरूबाट निजी तालिमहरूका लागि शुल्क लगाउन सकिनेछ । फेयर हाउजिङ तालिमका बारेमा जान्नका लागि FHP मा मेगन (Megan) लाई megan@fhp.org मार्फत सम्पर्क गर्नुहोस् ।

सामग्रीहरू

FHP सँग सेवा तथा भावनात्मक सहायता जनावरहरू लगायत मनासिब व्यवस्था तथा मनासिब परिमार्जनहरूका लागि सबै संरक्षित वर्गहरूका साथसाथै अपाङ्गताका प्रावधानहरूसँग सम्बन्धित फेयर हाउजिङ मामिलाहरू समेट्ने विभिन्न प्रकारका सामग्रीहरू छन् । हाम्रा कुनै पनि सामग्रीहरू प्राप्त गर्नका लागि FHP मा रे (Ray) लाई ray@fhp.org मार्फत सम्पर्क गर्नुहोस् ।