सन् 1988 मा संशोधित गरिए अनुसार फेयर हाउजिङ एक्ट (उचित आवास ऐन) ले अपाङ्गतालाई निम्नानुसार परिभाषित गर्छ:

  • 1 वा सोभन्दा बढी मुख्य जीवन क्रियाकलापहरू उल्लेखनीय रूपमा सीमित गराउने शारीरिक वा मानसिक कमजोरी भएका व्यक्तिहरू,
  • त्यस्तो कमजोरी रहेको भनेर मानिएका व्यक्तिहरू,
  • त्यस्तो कमजोरीको रेकर्ड भएका व्यक्तिहरू ।

शारीरिक वा मानसिक कमजोरीहरूमा देहाय लगायतका पर्दछन् तर तिनीहरूमा मात्र सीमित हुँदैनन्:

  • कम दृष्टि/दृष्टिविहीन
  • बहिरोपना/श्रवण शक्ति नभएको
  • अटिजम
  • छारेरोग
  • मस्कुलर डिस्ट्रोफी
  • AIDS/HIV
  • बाइपोलार
  • डिप्रेसन
  • लागूपदार्थ दुर्व्यसनबाट उभ्रिएको

मुख्य जीवन क्रियाकलापहरूमा देहाय लगायतका पर्दछन् तर तिनीहरूमा मात्र सीमित हुँदैनन्:

  • हेर्ने
  • सुन्ने
  • हिँड्डुल गर्ने
  • सास फेर्ने
  • हातले कार्यहरू गर्ने
  • भावनाहरूलाई नियन्त्रण गर्ने

अपाङ्गताका लागि फेयर हाउजिङ संरक्षणहरूमा मनासिब व्यवस्था तथा परिमार्जनहरूका साथसाथै डिजाइन तथा निर्माण पनि पर्दछन् ।

मनासिब व्यवस्था तथा परिमार्जनहरू

मनासिब व्यवस्थाहरू भनेको नियम, नीति, अभ्यास वा सेवाहरूमा परिवर्तन, अपवाद वा समायोजन हो जो अपाङ्गता भएको व्यक्तिलाई आवास प्रयोग गर्न र त्यसको भोगचलन गर्न समान अवसरका आवश्यक पर्छ ।

मनासिब व्यवस्थाहरूले व्यक्तिमा अपाङ्गता छ र व्यक्तिको अपाङ्गतासँग सम्बन्धित लक्षण(हरू) र सो मनासिब व्यवस्था बीचमा सम्बन्ध छ भनेर आवश्यक गराउँछन् ।

सामान्यतया अनुरोध गरिने मनासिब व्यवस्थाहरूमा देहाय पर्दछन्:

  • सीमित गतिशीलताको कारण तोकिएको पार्किङ स्थल आवश्यक पर्ने
  • दृष्टिसम्बन्धी कठिनाइको कारण सेवा जनावर आवश्यक पर्ने
  • भावनाहरूको नियन्त्रणसम्बन्धी कठिनाइले गर्दा भावनात्मक सहायता जनावर आवश्यक पर्ने
  • निर्णय लिनमा हुने कठिनाइले गर्दा सञ्चारहरू लिखितमा तथा/वा प्रतिनिधिलाई पनि जानकारी गराउन आवश्यक पर्ने
  • दैनिक तालिकामा हुने परिवर्तनहरूको कठिनाइले गर्दा अरू पक्षहरू एकाइमा प्रवेश गर्नुभन्दा पहिले 48-घण्टाको लिखित सूचना आवश्यक पर्ने
  • भाडा बुझाउने मितिलाई पछि सार्नका लागि सामाजिक सुरक्षा अपाङ्गता आय (SSDI) को रसिद आवश्यक पर्ने

मनासिब परिमार्जनहरू भनेको अपाङ्गता भएको व्यक्तिलाई आवासको पूर्ण भोगचलन दिनका लागि पहिलेदेखि बसिरहेको वा बस्न लागेको घरजग्गामा गरिने संरचनागत परिवर्तनहरू हुन् ।

मनासिब परिमार्जनहरूले व्यक्तिमा अपाङ्गता छ र व्यक्तिको अपाङ्गतासँग सम्बन्धित लक्षण(हरू) र सो मनासिब परिमार्जन बीचमा सम्बन्ध छ भनेर आवश्यक गराउँछन् ।

सामान्यतया अनुरोध गरिने मनासिब परिमार्जनहरूमा देहाय पर्दछन्:

  • व्हिलचेयर प्रयोगकर्तालाई सिढीहरूमा र्‍याम्प बनाइएको प्रवेशद्वार आवश्यक पर्ने
  • सीमित गतिशीलताका लागि टब कट आवश्यक पर्ने
  • हातहरूको सीमित प्रयोगका लागि लिभर डोर ह्यान्डलहरू आवश्यक पर्ने
  • शरीरको माथिल्लो भागमा सीमित बलको कारणले गर्दा अटोमेटिक ढोकाहरू आवश्यक पर्ने

सङ्घीय आर्थिक सहयोगहरू प्राप्त नगर्ने निजी हाउजिङमा, परिवारको खर्चमा परिमार्जन जडान गर्नका लागि हाउजिङ प्रदायकले अनिवार्य रूपमा अनुमति दिनुपर्छ ।

डिजाइन तथा निर्माण

मार्च 13, 1991 पछि पहिलोपटक बसोबास गरिएको 4 वा सोभन्दा बढी एकाइहरू भएको बहु-परिवार हाउजिङले 7 वटा शारीरिक पहुँचयुक्ततासम्बन्धी मापदण्डहरूलाई पूरा गर्न आवश्यक हुन्छ:

  • पहुँचयोग्य मार्गमा बिल्डिङको पहुँचयोग्य प्रवेशद्वार
  • पहुँचयोग्य तथा प्रयोगयोग्य सार्वजनिक तथा साझा क्षेत्रहरू
  • प्रयोगयोग्य ढोकाहरू
  • समेटिएको आवास एकाइमा आउजाउ गर्न मिल्ने पहुँचयोग्य मार्ग
  • पहुँचयोग्य स्थलहरूमा बत्तीका स्विच, विद्युतीय आउटलेट (प्लग), थर्मोस्ट्याट तथा अन्य वातावरणीय नियन्त्रण (कन्ट्रोल)हरू
  • ग्रेब बारहरूको लागि प्रबलित भित्ताहरू
  • प्रयोगयोग्य भान्साकोठा तथा बाथरुमहरू

एलेभेटर नभएका क्षेत्राधिकारमा पर्ने घरजग्गाहरूमा डिजाइन तथा निर्माणसम्बन्धी मापदण्डहरू ग्राउण्ड फ्लोरका एकाइहरूमा लागू हुन्छन् ।

थप विस्तृत जानकारीका लागि देहायलाई हेर्नुहोस्: