फेयर हाउजिङका कथाहरू

टिना र “वन स्ट्राइक” नीति

“यदि FHP हुँदैन थियो भने म आज सडकमा हुने थिएँ ।

“वन स्ट्राइक” नीतिको कारणले गर्दा टिनाले घरमा घर खाली गर्ने सूचना प्राप्त गर्दा उहाँको जीवन उल्टोपाल्टो भएको थियो । टिना सो घरमा आफ्नो वयस्क उमेरको छोरा र दुईजना नाबालिग नातिनातिनासँग बस्नुहुन्थ्यो । केही हप्ता अगाडि, टिनाको वयस्क छोरालाई पक्राउ गरेर थुनामा कैद गरिएको थियो । घरबाट हटाउने उक्त सूचनाले टिना तथा उहाँका नातिनातिनालाई उहाँको वयस्क छोरालाई पक्राउ गरिएको कारणले गर्दा 30 दिनभित्र सरेर जान निर्देशन दिएको थियो । “वन स्ट्राइक” नीतिले उहाँको घरधनी, पब्लिक हाउजिङ अथोरिटीलाई परिवारको कुनै एक सदस्यको कथित आपराधिक क्रियाकलापका आधारमा पूरै परिवारलाई घरबाट हटाउने अनुमति प्रदान गर्थ्यो ।

FHP ले “वन स्ट्राइक” नीतिलाई चुनौती दिँदै टिना तथा उहाँको परिवारको तर्फबाट पैरवी गर्‍यो किनभने यसले जाति, राष्ट्रिय मूल तथा पारिवारिक स्थितिका आधारमा भाडावालहरूलाई असमान तरिकाले असर गरेको थियो । PHA हरूभित्र “वन स्ट्राइक” नीतिहरूका बारेमा थप जानकारीका लागि कृपया डिपार्टमेन्ट अफ हाउजिङ एण्ड अर्बन डेभलपमेन्ट (अमेरिकी आवास तथा शहरी विकास विभाग) को Guidance for Public Housing Agencies (PHAs) and Owners of Federally-Assisted Housing on Excluding the Use of Arrest Records in Housing Decisions शिर्षक भएको PIH 2015-19 को सूचना हेर्नुहोस्

हाम्रा सेवाग्राहीहरूले हाउजिङ भेदभावका आफ्ना अनुभवहरू साझा गर्दैगर्दा उहाँहरूबाट प्राप्त थप साक्ष्यहरू हेर्दै गर्नुहोस् ।

Twitter feed is not available at the moment.