फेयर हाउजिङ पार्टनरशिप अफ ग्रेटर पिट्सबर्ग दक्षिणी-पश्चिमी पेन्सलभेनियामा समान आवासको विकल्प निर्माण गर्नमा प्रतिबद्ध रहेको गैर-नाफामूलक संस्था हो । FHP सम्पूर्ण ग्रेटर पिट्सबर्गमा सेवा प्रदान गर्नका लागि समर्पित एक मात्र योग्य निजी फेयर हाउजिङ (उचित आवास) संस्था हो र यसले सो क्षेत्रमा हाउजिङ भेदभाव भोगेको भनेर विश्वास भएका मानिसहरूलाई सहयोग गर्छ । FHP सम्पूर्ण ग्रेटर पिट्सबर्गमा सेवा प्रदान गर्नका लागि समर्पित एक मात्र योग्य निजी फेयर हाउजिङ (उचित आवास) संस्था हो र यसले सो क्षेत्रमा हाउजिङ भेदभाव भोगेको भनेर विश्वास भएका मानिसहरूलाई सहयोग गर्छ । यदि तपाईंलाई आफ्नो भाडा, बिक्री, मोर्गेज वा घरमालिक बीमा प्रक्रियामा तपाईंलाई भेदभाव गरिएको लाग्छ भने FHP ले तपाईंका लागि मुद्दासम्म र आवश्यक पर्दा मुद्दासमेत लड्न सक्छ । भेदभावका पीडितहरूका लागि सबै सेवाहरू नि:शुल्क हुन्छन् ।

फेयर हाउजिङ पार्टनरशिपका तीनवटा मुख्य भूमिकाहरू छन्:

  • फेयर हाउजिङको पैरवीकर्ता तथा फेयर हाउजिङ कानुनहरूको कार्यान्वयनकर्ता
  • फेयर हाउजिङ एक्ट (उचित आवास ऐन) को सम्बन्धमा समुदायलाई शिक्षा तथा बाह्य पहुँच उपलब्ध गराउने
  • हाउजिङ प्रदायक तथा सरकारी अधिकारीहरूलाई फेयर हाउजिङ एक्ट अन्तर्गत उनीहरूको दायित्वहरूका बारेमा तालिम दिने

लक्ष्य

फेयर हाउजिङ पार्टनरशिप अफ ग्रेटर पिट्सबर्ग सबै सेवा प्रदान गर्ने फेयर हाउजिङ कार्यान्वयन संस्था हो जसले पश्चिमी पेन्सलभेनियामा शिक्षा, फेयर हाउजिङ विश्लेषण, कार्यान्वयनका कार्यहरू, बाह्य पहुँच र सामुदायिक व्यवस्थापनमार्फत समान आवासको विकल्प सुनिश्चित गर्छ ।

इतिहास

सन् 1980 को दशकमा, अमेरिकाभरिका शहरहरूमा आयोजकहरूले हाउजिङमा हुने सम्पूर्ण भेदभावलाई सम्बोधन गर्न फेयर हाउजिङ समूहहरू स्थापना गरेका थिए । त्यसमा पेन्सलभेनियाको पिट्सबर्ग पनि अपवाद थिएन । एउटा कन्फेरेन्समा सहभागी हुँदा अर्बन लिग अफ ग्रेटर पिट्सबर्गकी फेयर हाउजिङ अभियानकर्ता डोना सि. (Donna C.) ले फिलाडेल्फिया शहरमा दुईवटा फेयर हाउजिङ एजेन्सी हुँदा पिट्सबर्ग शहरमा एउटा पनि नरहेको कुरा थाहा पाउनुभयो । उहाँले यसलाई परिवर्तन गर्ने निर्णय गर्नुभयो । प्रस्ताव तयार गर्नका लागि उहाँले पेन्सलभेनियाको फिलाडेल्फिया क्षेत्रका फेयर हाउजिङ समूहहरूबाट आएका आयोजकहरूसँग मिलेर काम गर्नुभयो ।सन् 1984 मा, कम्युनिटी हाउजिङ रिसोर्स बोर्ड (Community Housing Resource Board, CHRB) को निर्माण गरियो र यो पेन्सलभेनियाको पिट्सबर्ग क्षेत्रभरि नै फेयर हाउजिङ प्रयासहरूमा संलग्न भयो । सन् 1993 मा, हाउजिङ भेदभावलाई सम्बोधन गर्नका लागि प्रत्यक्ष कार्यवाही आवश्यक परेकोले CHRB ले सङ्गठनात्मक ध्यानलाई शिक्षाबाट घुमाउँदै कानुन कार्यन्वयनमा केन्द्रित गर्न संस्थाको पुनर्गठन गरेको थियो । परिणामस्वरूप, जनवरी 8, 1993 मा, CHRB ले आफ्नो नाम परिवर्तन गरेर फेयर हाउजिङ पार्टनरशिप (Fair Housing Partnership, FHP) राख्यो । भेदभावबाट मुक्त हाउजिङमा पहुँच प्राप्त गर्नमा हजारौं मानिसहरूलाई सहयोग गरेर FHP पश्चिमी पेन्सलभेनियामा फेयर हाउजिङका लागि अग्रणी संस्था बन्यो र बनिरहेको छ । FHP ले पश्चिमी पेन्सलभेनियामा हाउजिङ भेदभाव अन्त्य गर्नका लागि उल्लेखनीय प्रगती गरिरहेको भए पनि गर्नका लागि अझै धेरै काम बाँकी रहेको छ भन्ने कुरालाई हामी स्वीकार गर्छौं ।

हामी के गर्छौं

  • तपाईंको फेयर हाउजिङ अधिकारहरूका लागि पैरवी तथा संघर्ष गर्ने
  • हाउजिङ भेदभावको तपाईंको दाबीलाई छानबिन गर्ने
  • फेयर हाउजिङको उजुरी दायर गर्नमा तपाईंलाई सहयोग गर्ने
  • तपाईंको मुद्दालाई फेयर हाउजिङ मुद्दामामिलामा विशेषज्ञता प्राप्त अटर्नीहरूकहाँ रेफर गर्ने
  • व्यक्ति, रियल इस्टेट व्यवसायी, कन्डोमिनियम/घरमालिकहरूको सङ्घसंस्थाका सदस्य र नगरपालिका अधिकारीहरूलाई फेयर हाउजिङ कानुन तथा जिम्मेवारीहरूका बारेमा शिक्षा दिने
  • तपाईंको संस्था वा नगरपालिकालाई फेयर हाउजिङसम्बन्धी शैक्षिक सामग्रीहरू उपलब्ध गराउने
  • तपाईंको अपाङ्गताका लागि विशेष व्यवस्था अनुरोध गर्न पत्र लेख्ने

यदि तपाईं भेदभावको पीडित हुनुहुन्छ भने हाम्रा सबै सेवाहरू नि:शुल्क हुन्छन् ।

बोर्डका सदस्यहरू

  • रोबर्ट पेरी (Robert Perry), PNC बैंक
  • एन्डी थिम्यान (Andie Thieman)
  • माननीय. टम कोउफिल्ड (Tom Caulfield), मजिस्ट्रेट

कर्मचारीहरू

सभाना पार्सन (Savannah Parson)

निष्पक्ष आवास विशेषज्ञ

सु ट्रान (Sue Tran),

इन्टेक विशेषज्ञसु

मारिया ड्राइडिगर (Maria Driediger),

कार्यान्वयन संयोजकमारिया

रेमण्ड मोर (Raymond Moore),

शिक्षा र आउटरीच समन्वयक

मेगन कोन्फर-ह्यामण्ड (Megan Confer-Hammond)

अन्तरिम कार्यकारी निर्देशक