हाउजिङमा संलग्न पेशाकर्मीहरूले फेयर हाउजिङ र समान अवसरमा मुख्य भूमिका खेल्छन् । हामीले हाउजिङ, मोर्टगेज तथा बीमालाई कसरी प्रवर्द्धन र बिक्री गर्छौं भन्ने कुराले रियल इस्टेटको बजारभन्दा बढी असर गर्छ । निष्पक्ष रूपमा गरिँदा, यसले विविध तथा स्वागत गर्ने नेबरहुडहरूलाई सहायता गर्नुका साथसाथै पूर्ण हाउजिङका विकल्पहरूमा सबैजनालाई समान पहुँच उपलब्ध गराउँछ । फेयर हाउजिङ एक्ट (उचित आवास ऐन) र फेयर हाउजिङका अन्य कानुनहरू हुँदाहुँदै पनि फेयर हाउजिङ प्राप्त गर्नु जटिल कार्य हो । अग्रसक्रिय कदमहरूले सुरुमै हाउजिङ भेदभावलाई रोक्छन् र हामीलाई विश्वास छ कि यसमा रियल इस्टेट एजेन्ट, कर्जादाता, बीमा एजेन्ट, सरकारी अधिकारी तथा घरधनीहरूको भूमिका रहन्छ ।

फेयर हाउजिङ कानुनहरूका बारेमा थप सिक्नुहोस्

हाउजिङ प्रदायक तथा सरकारी अधिकारीहरूका लागि FHP का फेयर हाउजिङ तालिमहरूका बारेमा हाम्रो शिक्षा तथा बाह्य पहुँचमार्फत जान्नुहोस्

अनुसन्धानका उत्कृष्ट अभ्यासहरू

मुद्दा समाधानहरू, दिशानिर्देश र फेयर हाउजिङ कानुन, नियम तथा नियमावलीहरूको कार्यान्वयनसम्बन्धी फेयर हाउजिङ जानकारीका बारेमा अद्यावधिक रहिरहनुहोस् । शिर्षकहरूमा देहाय रहेका छन्:

  • सकारात्मक मार्केटिङ (विज्ञापन)
  • सकारात्मक तरिकाले फेयर हाउजिङलाई अगाडि बढाउने
  • असमान प्रभाव
  • बसोबासका नीतिहरू
  • स्थानीय अध्यादेश तथा जोनिङ (क्षेत्रीकरण)
  • मनासिब व्यवस्था तथा परिमार्जनहरू
  • यौनजन्य दुर्व्यवहार

फेयर हाउजिङका पोस्टरहरू देखिनेगरी राख्ने

के तपाईंको भाडा लगाउने, कर्जा दिने, बिक्री गर्ने, बीमा वा सरकारी कार्यालयलाई 24 CFR 110 द्वारा आवश्यक गराए अनुसार फेयर हाउजिङको पोस्टर आवश्यक पर्छ ?
फेयर हाउजिङसम्बन्धी सामग्रीहरूका लागि FHP मा रे मोर (Ray Moore) लाई ray@fhp.org मार्फत सम्पर्क गर्नुहोस् ।

फेयर हाउजिङसम्बन्धी प्राविधिक सहयोग माग गर्न, फेयर हाउजिङ अपडेटहरू प्राप्त गर्न र/वा फेयर हाउजिङसम्बन्धी सामग्रीहरू अनुरोध गर्नका लागि FHP मा मेगन कोन्फर-ह्यामण्ड (Megan Confer-Hammond) लाई megan@fhp.org मार्फत सम्पर्क गर्नुहोस् वा यस पेजमा रहेको अनलाइन फाराम भर्नुहोस् ।

फेयर हाउजिङका बारेमा अद्यावधिक रहिरहनुहोस् !

Stay Up To Date on Fair Housing NE