FHP et al. v. Mozart Management et al.

आरोपहरू भावनात्मक सहायता जनावरहरूका सम्बन्धमा मनासिब व्यवस्थाका अनुरोधहरूलाई अस्वीकृत गरिएको र व्यवस्थापनले आवास एकाइमा पहुँच बनाउनुभन्दा पहिले सूचना बढाएको भन्ने बारेमा आधारित थिए । मिलापत्र भनेको दोषको स्वीकारोक्ति होइन । मिलापत्रका शर्तहरूमा मोजार्ट म्यानेजमेन्टसमेत फेयर हाउजिङ तालिममा सहभागी हुने; फेयर हाउजिङ संयोजकलाई तालिम दिएर राख्ने; आफ्नो फेयर हाउजिङ र मनासिब व्यवस्था नीतिहरूलाई अद्यावधिक गर्ने र $17,000.00 को वित्तीय सम्झौता रहेका थिए । थप विवरणका लागि FHP को प्रेस विज्ञप्तिलाई हेर्नुहोस् ।

FHP et al. v. Allegheny County Housing Authority

FHP समेत र ऐलेघेनी काउन्टी हाउजिङ अथोरिटी (ACHA) समेतले पारिवारिक स्थितिका आधारमा गरिएको फेयर हाउजिङ उजुरीमा मिलापत्र गरेका थिए । आरोपहरू 1-बेडरुम भएको एकाइमा गर्भवती महिला र शिशु भएका दम्पतीहरूलाई बस्न नदिएको सम्बन्धमा पारिवारिक स्थितिमा आधारित थिए । मिलापत्र भनेको दोषको स्वीकारोक्ति होइन । मिलापत्रका शर्तहरूमा ACHA समेत फेयर हाउजिङ तालिममा सहभागी हुने; अक्टोबर 1, 2018 बाट लागू हुनेगरी बसोबास नीतिसम्बन्धी परिवर्तनहरू लागू गर्ने र नोभेम्बर 1, 2017 देखि मई 1, 2018 सम्म निजी बाथरुम सहितको एक कोठे र 1-बेडरुम अपार्टमेन्टहरूका लागि बुझ्न आउने सबै आवेदकहरूलाई नीतिमा परिवर्तन भएको सूचना दिने रहेका थिए । थप विवरणका लागि FHP को प्रेस विज्ञप्तिलाई हेर्नुहोस्