फेयर हाउजिङ पार्टनरशिप अफ ग्रेटर पिट्सबर्ग पश्चिमी पेन्सलभेनियामा समान आवासको विकल्प निर्माण गर्नमा प्रतिबद्ध रहेको निजी गैर-नाफामूलक संस्था हो । FHP पेन्सलभेनिया क्षेत्रको ग्रेटर पिट्सबर्गमा सेवा प्रदान गर्नका लागि समर्पित एक मात्र योग्य निजी फेयर हाउजिङ (उचित आवास) संस्था हो । FHP ले सो क्षेत्रमा हाउजिङ भेदभाव भोगेको भनेर विश्वास भएका मानिसहरूलाई सहयोग गर्छ । यदि तपाईंलाई आफ्नो भाडा, बिक्री, मोर्गेज वा घरमालिक बीमा प्रक्रियाका साथसाथै आफ्नो एकाइको व्यवस्थापनमा मा तपाईंलाई भेदभाव गरिएको लाग्छ भने FHP ले तपाईंका लागि मुद्दासम्म र आवश्यक पर्दा मुद्दासमेत लड्न सक्छ ।

FHP का तीनवटा मुख्य भूमिकाहरू छन्:

  • फेयर हाउजिङ कानुनहरू कार्यान्वयन गर्ने
  • मनासिब व्यवस्था तथा मनासिब परिमार्जनहरू अनुरोध गर्ने अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग गर्ने
  • फेयर हाउजिङ एक्ट (उचित आवास ऐन) को सम्बन्धमा समुदायलाई शिक्षा तथा बाह्य पहुँच उपलब्ध गराउनुका साथसाथै हाउजिङ प्रदायक तथा सरकारी अधिकारीहरूलाई तालिम दिने

FHP का सेवाहरूमा देहाय पर्दछन्:

  • तपाईंको फेयर हाउजिङ अधिकारहरूका लागि पैरवी गर्ने
  • तपाईंको तर्फबाट मनासिब व्यवस्था तथा/वा परिमार्जन अनुरोध गर्ने
  • हाउजिङ भेदभावको तपाईंको दाबीलाई छानबिन गर्ने
  • फेयर हाउजिङ उजुरी दायर गर्नमा तपाईंलाई सहयोग गर्ने
  • तपाईंको मुद्दालाई फेयर हाउजिङ मुद्दामामिलामा विशेषज्ञता प्राप्त अटर्नीकहाँ रेफर गर्ने
  • घरधनी, रियल इस्टेटमा संलग्न पेशाकर्मी, कन्डोमिनियम/घरमालिकसम्बन्धी संस्थाका सदस्य र नगरपालिका अधिकारीहरूलाई फेयर हाउजिङ कानुन तथा जिम्मेवारीहरूका बारेमा शिक्षा दिने
  • समुदायभित्रै फेयर हाउजिङ अधिकारहरूका बारेमा जनचेतना बढाउने
  • यदि तपाईं हाउजिङ भेदभावको पीडित हुनुहुन्छ भने हाम्रा सबै सेवाहरू नि:शुल्क हुन्छन् ।

सहयोगका लागि,  हामीलाई सम्पर्क गर्नुहोस्