फेयर हाउजिङ (उचित आवास) भनेको आवासको विकल्प हो ।

फेयर हाउजिङका अधिकारहरूले हाम्रा नेबरहुडहरूलाई भेदभावपूर्ण अभ्यासहरूबाट बचाउँछन् र अवसरको समावेशी समुदायहरूको निर्माणलाई बढावा दिन्छन् । संरक्षित वर्ग(हरू) को आधारमा हाउजिङ भेदभावका देहायका कार्यहरू गर्न निषेध गरिएको छ:

हाउजिङको बिक्री र भाडामा लगाउँदाको समयमा:

  • हाउजिङलाई भाडामा लगाउन वा बिक्री गर्न अस्वीकार गर्ने,
  • हाउजिङका लागि छलफल गर्न अस्वीकार गर्ने,
  • हाउजिङलाई अनुपलब्ध गराउने,
  • आवासलाई अस्वीकार गर्ने,
  • आवासको बिक्री वा भाडामा लगाउनका लागि भिन्न शर्त, बन्देज वा विशेषाधिकारहरू तय गर्ने,
  • भिन्न-भिन्न हाउजिङ सेवा वा सुविधाहरू उपलब्ध गराउने
  • निरीक्षण, बिक्री वा भाडाका लागि हाउजिङ उपलब्ध छ भनेर गलत तरिकाले अस्वीकार गर्ने,
  • नाफाका लागि, घरमालिकलाई बिक्री गर्न वा भाडामा लगाउन राजी गराउने (ब्लकबस्टिङ), वा
  • हाउजिङको बिक्री वा भाडामा लगाउनेसँग सम्बन्धित सुविधा वा सेवा (जस्तै कि मल्टिपल लिस्टिङ सर्भिस) मा कुनै पनि व्यक्तिको पहुँच वा सदस्यतालाई अस्वीकार गर्ने ।

मोर्टगेज कर्जा र घर बीमामा:

  • मोर्टगेजमा कर्जा दिन वा बीमा जारी गर्न अस्वीकार गर्ने,
  • कर्जा वा बीमाहरूका बारेमा जानकारी उपलब्ध गराउन अस्वीकार गर्ने,
  • कर्जा वा बीमामा भिन्न ब्याज दर, बुँदा वा शुल्कहरू जस्ता भिन्न-भिन्न शर्तहरू लगाउने,
  • घरजग्गाको मुल्याङ्कन गर्दा भेदभाव गर्ने,
  • खरिदका लागि कर्जा अस्वीकार गर्ने, वा
  • खरिद गर्ने कर्जाका लागि भिन्न-भिन्न शर्त तथा बन्देजहरू तय गर्ने ।

यसका अतिरिक्त, देहायका कार्यहरू गर्नु गैरकानुनी हुन्छ:

  • फेयर हाउजिङ एक्ट (उचित आवास ऐन) बाट अन्यथा छुट दिइएको नभएसम्म हाउजिङमा लागू हुने रोक वा प्राथमिकता उल्लेख गर्ने विज्ञापन गर्न वा बयान दिन ।
  • हाउजिङसम्बन्धी उचित अधिकार प्रयोग गरिरहेका वा आफ्नो अधिकारलाई प्रयोग गर्नमा अरू कसैलाई सहयोग गरिरहेका कसैलाई धम्काउन, दबाव दिन, डरत्रास देखाउन वा अवरोध गर्न ।

हाउजिङ भेदभावका उदाहरणहरू

हाउजिङलाई भाडामा लगाउन वा बिक्री गर्न अस्वीकार गर्ने

पिट्सबर्ग शहरको नेबरहुड प्वाइन्ट ब्रिजमा, एक श्वेत दम्पतीले घरधनीसँग 1-बेडरुम अपार्टमेन्ट हेर्न गए र घरधनीले सो दम्पतीलाई यदि उनीहरू सो एकाइ लिनमा इच्छुक भएमा आफूलाई सम्पर्क गर्न भने । एक अश्वेत दम्पती पनि सोही अपार्टमेन्टलाई हेर्नका लागि समय मिलाएका थिए । युनिटलाई हेर्नका लागि अश्वेत दम्पतीले घरधनीलाई भेट्दा घरधनीले सो अपार्टमेन्ट र घरधनीका सबै एकाइहरू सो अश्वेत दम्पतीका लागि निकै सानो हुने भनेर बताए ।

हाउजिङका शर्त वा बन्देजहरूमा भेदभाव

पिट्सबर्ग शहरको नेबरहुड स्क्वरल हिलमा, आमाबुबा 2 जना र नाबालिग बच्चाहरू 2 जना भएको एक परिवारले 2-बेडरुम अपार्टमेन्टका बारेमा सोधपुछ गरे । घरधनीले सो परिवारलाई उक्त युनिटको सेक्युरिटी डिपोजिट 1 महिनाको भाडा बराबर $1,100.00 छ भनेर बताए । नाबालिग बच्चा नभएको एक दम्पतीले पनि सोही एकाइलाई हेर्‍यो । घरधनीले सो दम्पतीलाई $100.00 को विशेष सेक्युरिटी डिपोजिट रहेको छ भनेर बताए । मुद्दासम्बन्धी थप जानकारीका लागि Reese v. Jacobowitz हेर्नुहोस् ।

हाउजिङको उपलब्धतालाई गलत तरिकाले अस्वीकार गर्ने

पेन्सलभेनियाको बाल्डविनमा, एकजना श्वेत व्यक्तिले 1 वा 2-बेडरुम एकाइको उपलब्धताका बारेमा सोधपुछ गरे र घरधनीले उनलाई 2-बेडरुम टाउनहाउस उपलब्ध रहेको भनेर जानकारी गराए । अर्को दिन, एकजना अश्वेत व्यक्तिले 2-बेडरुम एकाइको उपलब्धताका बारेमा सोधपुछ गरे । घरधनीले कम्प्लेक्स “पूर्ण रूपमा भरिएको” र सम्भावित भाडावाललाई प्रतीक्षा सूचीमा राखिनेछ भनेर जानकारी गराए । सोही दिन, एकजना श्वेत व्यक्तिले 2-बेडरुम एकाइको उपलब्धताका बारेमा पुन: सोधपुछ गरे र घरधनीले एउटा एकाइ तत्कालै उपलब्ध रहेको भनेर जानकारी गराए । मुद्दासम्बन्धी थप जानकारीका लागि United States v. S-2 Properties, Inc. et al हेर्नुहोस् ।

भेदभावपूर्ण विज्ञापन तथा/वा व्यक्तव्यहरू

पेन्सलभेनियाको अल्टूनामा एकजना घरधनीले “बच्चा/पाल्तु जनावरहरूका लागि उपयुक्त नहुने” उल्लेख गर्दै भाडाका लागि हाउजिङ विज्ञापन अनलाइन पोस्ट गरे । थप छानबिनले सो एकाइ नाबालिग बच्चाहरू भएका परिवारहरूका लागि उपलब्ध थिएन भनेर पुष्टि गरेको थियो । मुद्दासम्बन्धी थप जानकारीका लागि FHP v. Gregory & Katherine Ellis.

वित्तसम्बन्धी भेदभाव

उदाहरण: पेन्सलभेनियाको वेक्सफोर्डमा, एकजना महिलालाई उनी सुत्केरी बिदामा रहेको कारणले गर्दा उनको घरलाई मोर्टगेजमा राखेर पुन: पैसा दिन (रिफाइनान्स गर्न) का लागि गरिएको अनुरोधलाई अस्वीकार गरिएको थियो । उनको रिफाइनान्सको अनुरोध स्वीकृत हुनका लागि उनले पहिले पूर्णकालीन काममा फर्कनुपर्ने शर्त राखिएको थियो । मुद्दासम्बन्धी थप जानकारीका लागि United States v. Mortgage Guaranty Insurance Corp., et al हेर्नुहोस् ।

मनासिब व्यवस्था तथा/वा परिमार्जनको अस्वीकृति

पेन्सलभेनियाको वेस्ट मिफ्लिनमा, एक अपार्टमेन्ट कम्प्लेक्सले “अब उप्रान्त कुनै पनि तोकिएको [पार्किङ] स्थलहरू नहुने, अपाङ्गता भएका मानिसहरूलाई पनि कुनै छुट नहुने” भनेर उल्लेख गरेको नीति जारी गर्‍यो । थप छानबिनले सीमित गतिशीलताको कारणले गर्दा तोकिएको पार्किङ स्थलका लागि गरिएको मनासिब व्यवस्था अनुरोधहरू, अर्थात् नियममा परिवर्तन, लाई अस्वीकृत गरिएको थियो भनेको पुष्टि गरेको थियो । मुद्दासम्बन्धी थप जानकारीका लागि FHP v. S&J Ventures, LP et al हेर्नुहोस् ।

पेन्सलभेनियाको प्लममा, अपाङ्गता भएका मानिसहरू रहेको एक ग्रुप होमले बोरोका मापदण्डहरूमा ग्रुप होमहरूले विशेष प्रयोग अनुमति प्राप्त गर्नका लागि मनासिब व्यवस्था अनुरोध गरेको थियो । बोरोले ग्रुप होमको अनुरोधलाई अस्वीकृत गर्‍यो र ग्रुप होमलाई विशेष प्रयोग अनुमतिसम्बन्धी आफ्नोमा भएको अभावलाई उल्लेख गर्‍यो । मुद्दासम्बन्धी थप जानकारीका लागि Sharpvisions, Inc. v. Borough of Plum et al हेर्नुहोस् ।