सन 1866 को सिभिल राइट्स एक्ट (नागरिक अधिकार ऐन) ले जाति जेजस्तो भए पनि सबैलाई सम्पत्तिसम्बन्धी अधिकारहरू प्रत्याभूत गरेको थियो । वर्ण, राष्ट्रिय मूल, धर्म र लिङ्गलाई थप गरेको सन् 1968 को सिभिल राइट्स एक्टको सङ्घीय फेयर हाउजिङ एक्ट (उचित आवास ऐन) – टाइटल VIII पारित हुनुभन्दा पहिले फेयर हाउजिङमा वास्तविक परिवर्तनका लागि अर्को सय वर्ष कुर्नुपरेको थियो । फेयर हाउजिङ एक्टले हाउजिङ भेदभावको कानुनका बारेमा कंग्रेसको वर्षौंको सोचविचारको परिणतिलाई प्रतिनिधित्व गरेको थियो । यसको विधायकीय इतिहास सन् 1967 को शहरी दङ्गा, नागरिक अव्यवस्थाका बारेमा राष्ट्रिय सल्लाहकार आयोगको प्रतिवेदन (केर्नर कमिसन रिपोर्ट जसले अमेरिका दुईवटा समाजहरूतर्फ अलग तथा असमान तरिकामा बढिरहेको भनेर निष्कर्ष निकालेको थियो) को प्रकाशन र डा. मार्टिन लुथर किङ्ग जुनियरको हत्यासम्म फैलिएको थियो । सन् 1988 मा, राष्ट्रपति रेगनले फेयर हाउजिङ एमेन्डमेन्ट्स एक्ट (उचित आवास संशोधन ऐन) मा हस्ताक्षर गर्नुभयो जसमा बच्चाहरू भएका परिवारहरू र अपाङ्गता भएका मानिसहरू गरेर दुईवटा संरक्षित वर्गहरू थप गरिएको थियो, यु.एस. डिपार्टमेन्ट अफ हाउजिङ एण्ड अर्बन डेभलपमेन्ट (U.S. Department of Housing and Urban Developmen, HUD) उजुरीहरूका लागि प्रशासनिक तथा न्यायिक कार्यान्वयन प्रक्रियालाई अझै बलियो गराइएको थियो र हाउजिङ भेदभाव भएकै थियो भन्ने मुद्दाहरूमा मौद्रिक जरिवानाहरू लगाउने व्यवस्था गरिएको थियो ।
हाउजिङ भेदभावको उजुरीका लागि देहायका कुराहरू हुनु आवश्यक हुन्छ:
- उजुरीकर्ता संरक्षित वर्गको सदस्य हो
- हाउजिङसँग सम्बन्धित हानिको कार्य(हरू) भएको छ
- उजुरीकर्ताको संरक्षित वर्ग र हानिको कार्यको सम्बन्ध
क्षेत्राधिकार अनुसार संरक्षित वर्ग
सङ्घ | पेन्सलभेनिया | ऐलेघेनी काउन्टी | सिटी अफ पिट्सबर्ग |
---|---|---|---|
जाति | जाति | जाति | जाति |
वर्ण | वर्ण | वर्ण | वर्ण |
राष्ट्रिय मूल | राष्ट्रिय मूल | राष्ट्रिय मूल | राष्ट्रिय मूल |
धर्म | धर्म | धर्म | धर्म |
लिङ्ग | लिङ्ग | लिङ्ग | लिङ्ग |
पारिवारिक स्थिति | पारिवारिक स्थिति | Fपारिवारिक स्थिति | पारिवारिक स्थिति |
अपाङ्गता | अपाङ्गता | अपाङ्गता | अपाङ्गता |
पुर्खा | पुर्खा | पुर्खा | |
उमेर (40 वर्ष वा सोभन्दा बढी) | Sयौनिक झुकाव | यौनिक झुकाव | |
लैङ्गिक पहिचान वा अभिव्यक्ति | लैङ्गिक पहिचान वा अभिव्यक्ति | ||
वैवाहिक स्थिति | जन्म स्थान | ||
घरेलु हिंसाबाट बचेर आएको पीडित व्यक्तिको रूपमा स्थिति |
फेयर हाउजिङक क्षेत्राधिकारहरू
सङ्घसन्
1866 को सिविल राइट्स एक्ट
आरक्षित वर्ग
सन् 1988 मा संशोधित गरिए अनुसार सन् 1968 को सिभिल राइट्स एक्टको फेयर हाउजिङ एक्ट, टाइटल VII
कमनवेल्थ अफ पेन्सलभेनियापेन्सलभेनिया
ह्युमन रिलेसन्स एक्ट
अलेघनी काउंटी
अध्यादेश नम्बर 26-09-OR
एरी काउन्टी
एरी काउन्टी मानव सम्बन्ध अध्यादेश
पिट्सबर्ग शहर
पिट्सबर्ग शहर निष्पक्ष आवास अध्यादेश (अध्याय 9 65 .0 .०3)