हाम्रो समुदायमा जसरी COVID-19 फैलिरहेको छ, त्यसरी नै जेनोफोबिया (विदेशी विरोधी भावना) तथा नश्लवाद फैलिरहेको छ । भेदभाव र वैध स्वस्थ तथा सुरक्षा चिन्ताहरूका बीचमा भिन्नतालाई चिन्नुहोस् ।

COVID-19 के हो:

  • यो भाइरसका वैध नामहरू कोरोना भाइरस र COVID-19 रहेका छन् ।
  • यो भाइरस मानिसहरूका बीचमा एकदमै धेरै सङ्क्रामक हुन्छ, अर्थात्, एकबाट अर्को व्यक्तिमा एकदमै छिटो सर्छ ।
  • यदि तपाईं विशेषगरी चीन, इरान, इटाली तथा दक्षिण कोरिया जस्ता उच्च-जोखिम भएका देशहरूबाट यात्रा गरेर फर्केका कुनै व्यक्तिसँग सम्पर्कमा आउनुभयो भने तपाईं भाइरसको सम्पर्कमा आउने बढी जोखिममा हुन सक्नुहुनेछ ।

COVID-19 के होइन:

  • यो भाइरस वुहान भाइरस, विदेशी भाइरस वा चाइना फ्लु/भाइरस होइन । यो भेदभावपूर्ण हुन्छ र यसले एशियाली मानिसहरूमा थप डर फैलाउन सक्छ ।
  • चिनियाँ मानिसहरू मानिएका मानिसहरू वा चीन वा अन्य प्रभावित क्षेत्रहरूमा यात्रा नगरेका एशियाली मूलका अन्य कुनै पनि मानिसहरूबाट तपाईंलाई भाइरस लाग्ने छैन ।
  • अमेरिकामा चिनियाँ र एशियाली-अमेरिकी व्यवसायहरू उच्च-जोखिम क्षेत्रहरू होइनन् ।

देहायका यी सरल कदमहरू पालना गरेर जेनोफोबिया तथा नश्लवादका साथसाथै COVID-19 सँग मुकाबिला गर्नुहोस्:

  • आफ्नो हातहरू धुनुहोस्
  • एकअर्का प्रति दयालु हुनुहोस्
  • आफ्ना स्थानीय साना व्यवसायहरू, विशेषगरी एशिया-अमेरिकी व्यवसायहरूलाई समर्थन गर्नुहोस्
  • आफ्नो अनुहारलाई नछुनुहोस्
  • बिरामी मानिसहरूबाट टाढै रहनुहोस्
  • आफ्नो खोकी तथा हाच्छ्युँहरूलाई छोप्नुहोस्
  • सम्भव भएमा घरमै बस्नुहोस्
  • तपाईंले जेनोफोबिया तथा नश्लवाद देख्दा त्यसका विरुद्धमा आवाज उठाउनुहोस्